युरो कपमा आज पनि बिभिन्न ३ खेलहरू हुँदै – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

युरो कपमा आज पनि बिभिन्न ३ खेलहरू हुँदै

    मा प्रकाशित

असार ४, दाङ ।
१६ औँ संस्करणको युरोकप फुटबलमा आज तीन खेलहुँदैछन् ।युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीचसाँझ ६ः४५ बजे प्रतिस्पर्धा सुरु हुनेछ ।पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक एकअर्काविरुद्ध भिड्ने छन् । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो । आज हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्ड प्रतिस्पर्धा गर्ने छन् । खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

यसैबीच गएराति भएको खेलमा भने बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जित निकालेको छ ।कोपनहेगनमा गए राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले लगातार दोस्रो जित निकालेको हो । गएराति नै भएको खेलमा नेदरल्यान्ड्सले अष्ट्रियालाई २–० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्