मा प्रकाशित
असार ४, दाङ ।
दाङमा ट्याक्टरका ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत कपासी बगियामा ठक्कर दिदा घोराही १६ निवासी ४७ बर्षिय खलसिंह बिकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति कपासी बगियाबाट सर्रातर्फ जाँदै गरेको रा १ त ३२६९ नम्वरको ट्याक्टरले बिकलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्याक्टर र चालक प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।