मा प्रकाशित
असार ४, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद कृष्णसिंह परियारको निधन भएको छ । नेता परियारको ७५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।
उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । उनको बाँकेको नेपालगञ्जस्थित निवासमै निधन भएको हो ।
उनी २०४८ सालमा सांसद निर्वाचित भएका थिए । परियार निष्ठावान नेताका रूपमा चिनिन्छन् ।
प्रतिबन्धितकालमा उनले नेपाली कांग्रेस बाँकेको सचिव भएर काम गरेका थिए ।