सर्पले डस्दा दाङमा एक बालिकाको मृत्यु – Kanika Khabar
Sunday, July 20Nepali News Portal

सर्पले डस्दा दाङमा एक बालिकाको मृत्यु

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, ४ असार ।
देउखुरीमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नम्बर ७ बिजयपुर निवासी चेत बहादुर बोहराकि बाह्र वर्षिया छोरी रेश्मा बोहरा रहेकी छन ।

गोमन सर्पको टोकाई बाट अचेत बनेकी रेश्माको गढवा सर्पदस उपचार केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारका लागि लमही ल्याइए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

शुक्रवार बिहान साढे सात बजेको समयमा गोठमा पराल लिन गएको समयमा सर्पले डसेको आमा सरिता बोहराले बताईन ।।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्