देउखुरी, ४ असार ।
अभद्र व्यवहार गरेको आराेपमा कक्रहवाबाट एकजना पुरषलाई इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको छ । आफुलाई अभद्र व्यवहार गरेको भन्दै गढवा गाउँपालिका वडा नम्बर ८ काेइलाबास हाल घाेराही निवासी सनाउल्ला धुनियाले जेठ २३ गते इलाका प्रहरी कार्यालय गढवामा जाहेरी दिएका थिए ।
बिहिवार बेलुका चार बजे गढवा गाउपालिका वडा नम्बर ८ काेइलाबास निवासी खालिक सिद्दिकिलाई गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक राजकुमार भट्टले जानकारी दिनुभयो । पक्राउ परेका सिद्दिकपलाई जिल्ला प्रशासन कार्यालय दाङबाट म्याद थप गरि थप अनुसन्धानकाे लागि हिरासतमा राखिएको प्रहरी निरिक्षक भट्टले बताउनुभयो ।
पीडितले जाहेरी दिए लगत्तै खालिक सिद्दिकी काेइलाबास नाका हुदै भारत फरार भएका थिए । फरार सिद्दिकिलाई दशदिन पछि प्रहरीले गढवाकाे कक्रहवाबाट पक्राउ गरेको हाे । सिद्दिक गढवा गाउँपालिका वडा नम्बर ८ काेइलाबासका नेकपा एमालेका पार्टी अध्यक्ष समेत हुन् ।।