महाकालीमा पानीको बहाव बढ्दै – Kanika Khabar
Sunday, July 20Nepali News Portal

महाकालीमा पानीको बहाव बढ्दै

    मा प्रकाशित

असार ५, दार्चुला ।
महाकाली नदीमा पानीको बहाब बढेर ५ सय ८० सेन्टिमिटरभन्दा धेरै पुगेको प्रहरी चौकी दत्तले जनाएको छ । सो नदीमा पाँच दशमलव आठ मिटरलाई सतर्कताको र छ दशमलव ५० मिटरलाई खतराको सतह मानिएको छ ।

 

महाकाली नदीमा जल सतह बढेसगै दार्चुला सदरमुकाम खलंगा लगायत महाकाली नदीको तटीय क्षेत्र धाप, दत्तु, उकु, लाली लगायतका क्षेत्रमा बाढीको जोखिम पनि बढेको छ । महाकाली नदीको बहाव परिवर्तन भई खलंगाको बांगाबगढ क्षेत्रमा निर्माणधीन पक्की तटबन्धमा क्षति पुगेको छ । सो ठाउँमा पक्की तटबन्ध निर्माण कार्य पुरा हुन नसक्दा दार्चुला सदरमुकाम खलंगा बाढीको उच्च जोखिममा रहेको छ । नदी आसपासका स्थानीयहरुलाई सतहर्क रहन प्रहरीले समेत आग्रह गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्