पार्वती न्यौपाने
असार ५, देवदह ।
रुपन्देहीको देवदह क्षेत्रमा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण नभएपछि एन्टिजेन परिक्षणलाई तीव्रता दिइएको छ । देशभर कोरोना सङ्क्रमणका विरामी घट्दो अवस्थामा रहेपनि देवदह क्षेत्रमा भने बढेको भन्दै देवदह नगरपालिकाले परिक्षणलाई तीव्रता दिएको हो ।
देवदह नगरपालिकाले निशुल्क रुपमा एन्टिजेन परिक्षणलाई नगरको प्रत्येक वडामा विस्तार गरेको स्वास्थ्य शाखाले जनाएको छ । नगरभित्र जहा कोरोना सङ्क्रमितको दर बढिरहेको र एन्टिजेन परिक्षणको दायरा समेत बढाएको देवदह–५, का वडा सदस्य तोलराज विकले जानकारी दिनुभयो ।