मा प्रकाशित
असार ५, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी आएको छ ।
हिजो शुक्रबार राति आएको बाढीले हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन, विद्यालयको भवन बगाएको छ ।
गत मंगलबार आएको बाढीले जोखिममा परेका ती भवनहरू शुक्रबार राति आएको बाढीले बगाएको हो ।
बाढी आउँदा बस्तीमा पस्ने र कम हुँदा खेतियोग्य जमिन कटान हुने क्रम बढेको छ।
यसअघि गत मंगलबार आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा अर्बौको क्षति भएको थियो ।