एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा ५ देशले सहभागिता नजनाउने – Kanika Khabar
Friday, April 19Nepali News Portal

एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा ५ देशले सहभागिता नजनाउने

    मा प्रकाशित

एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपबाट ५ देशले नाम फिर्ता लिएका छन् ।एसियन भलिबल महासंघका अनुसार प्रतियोगिताबाट ५ देशले नाम फिर्ता लिएका हुन् ।प्रतियोगिताबाट चीन, इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्युजिल्याण्डले नाम फिर्ता लिएको महासंघले जनाएको छ ।

 

प्रतियोगितामा अब नेपालसहित आयोजक फिलिपिन्स, जापान, थाइल्याण्ड, कोरिया, काजकिस्तान, ताईवान, इरान, अष्ट्रेलिया, भारत, नेपाल, उज्वेकिस्तान, हङकङले सहभागीता जनाउनेछन् ।यसअघि एभीसीले १७ वटा देशले प्रतियोगितामा सहभागीता जनाउने बताएको थियो । तर, ५ देशले नाम फिर्ता लिएपछि प्रतियोगिता खेल्ने देशको संख्या १२ पुगेको छ ।

 

यस्तै प्रतियोगिता चीनमा हुने तय भएको थियो । तर, चीनले आयोजकको रुपमा नाम फिर्ता लिएपछि प्रतियोगिता अब फिलिपिन्समा हुने भएको छ । प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्ब ५ सम्म सञ्चालन हुँने बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्