असार ५, सिन्धुपाल्चोक ।
गत असार १ गते सिन्धुपाल्चोको हेलम्बुमा आएको बाढीमा परी २३ जना बेपत्ता भएको हेलम्बु गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले शनिबार बाढी पहिरोबाट पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण सार्वजनिक गर्दै ४ महिलासहित १९ पुरूष बेपत्ता रहेको जनाएको हो ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा असार १ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको पहिरोको कारण बाढी आएको जनाएको छ ।
बाढीमा परी वेपत्ता हुनेहरुको संख्या अझ बढ्ने अनुमान गरिएको छ ।