मेलम्चीका जनप्रतिनिधिले राहत कोषमा रकम जम्मा गरे – Kanika Khabar
Thursday, May 15Nepali News Portal

मेलम्चीका जनप्रतिनिधिले राहत कोषमा रकम जम्मा गरे

    मा प्रकाशित

देवराज सुवेदी
असार ६, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १ का जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक नगरपालिकाको बाढी पीडित राहत तथा पुनस्र्थापना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

 

वडा समितिको बैठकले यस्तो निर्णय गरेको वडाध्यक्ष कृष्ण प्रसाद चौलागाईँले जानकारी दिनुभयो । कोषमा वडाध्यक्ष कृष्ण प्रसाद चौलागाईले २६ हजार ७३० रूपैयाँ जम्मा गर्नुहुनेछ । कार्यपालिका सदस्य सावित्री कार्कीले १२ हजार ८ सय ७० रूपैयाँ, वडा सदस्यसरू भिमसेन खतिवडा, खम्बासिं तामाङ्ग र शान्ती नेपालीले प्रतिव्यक्ति ९ हजार ९ सय रूपैयाँ कोषमा जम्मा गर्नुहुनेछ ।

 

असार १ गते राति मेलम्ची खोला र ईन्द्रावती खोलामा आएको अकल्पनीय बाढीले मेलम्ची नगरपालिकाको वडा नं ६, ७, ८, ९, १० र ११ मा ठूलो धनजनको क्षति पु¥याएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्