दाङ, ६ असार ।
घोराही उप महानगरपालिका वडा नं १८ र १९ को सिमानामा आमा बजार सस्तो मिनी मार्ट सञ्चालनमा ल्याएको छ । मार्टको आइतवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकी, नेपाली काँग्रेस दाङ क्षेत्र नं २ का सभापती भुपवहादुर डाँगी ले संयुक्त रुपमा उद्घाट गरेका हुन । ग्रामिण क्षेत्रमा सबै सेवा एउटै छाना मुनी उपल्वध गराउने उदेश्यले मार्ट सञ्चालनमा ल्याएको सञ्चालक गृहश्वरी वेलवासेले जानकारी दिइन् । मार्टमा वजारको मुल्यमा नै सामाग्री उपलव्ध गराइने उनको भनाइ रहेको छ । जसले गर्दा स्थानिय वासीन्दाहरुलाई बजार सम्म आउनु पर्ने बाध्यता हटने उनी बताउछीन् ।
मार्टको उद्घाटन गदै अध्यक्ष वुढाथोकीले कोभिडको कारण व्यवसायहरु पलाय हुदै गएको बताए । लामो समय सम्म व्यवसाय बन्द गर्नु पर्दा धेरै व्यवसायीहरु घाटामा गएर यस क्षेत्र वाट पलाएर हुदै गएको वुढाथोकी बताउछन् । यस परिस्र्थीतीमा राज्यले व्यवसायीहरुलाई सहुलीत दिनु पर्ने उनको भनाइ रहेको छ । राज्यले व्यवसायीहरुलाइ बैक व्याज छुट दिनु पर्ने उनले बताए ।
संघले व्यवसायीहरुको हक अधिकारका लागि कार्य गदै आएको भन्दै केही समस्या परेमा जानकारी गराउन समेत उनले आग्रह गरे । व्यवसाय सञ्चालन गर्नु भन्दा पहिले सबै निकायमा दर्ता गरेर गर्नु पर्ने बताए । नेपाली काँग्रेसका क्षेत्र नं २ का सभापती भुपबहादुर डाँगीले पछिल्लो समयमा गाउमा पनि मार्टहरु सञ्चालनमा आउन थालेको बताए । यसरी सञ्चालन हुने मार्टहरुलाई नयापनको साथ सञ्चालन गर्नु पर्ने उनको भनाइ रहेको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य गोपालराज शर्मा, नेपाली काग्रेस घोराही उप महानगरपालिका वडा नं १८ का इकाइ समितीका सभापती मधुसुदन अधिकारी, पत्रकार गोविन्द खड्का लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रम सावित्रादेवी वेलवासेको अध्यक्षतामा भएको थियो । सञ्चालक गृहश्वरी वेलवासेको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण गणेश बेलवासेले गरेका थिए ।