कोरोना नियन्त्रणमा उत्कृष्ठ कार्य गर्ने प्रहरी उपरिक्षक चन्द पुरस्कृत – Kanika Khabar
Thursday, March 20Nepali News Portal

कोरोना नियन्त्रणमा उत्कृष्ठ कार्य गर्ने प्रहरी उपरिक्षक चन्द पुरस्कृत

    मा प्रकाशित

दाङ,६ असार ।

जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा कोरोना नियन्त्रण, व्यवस्थापन र विरामीहरुलाई अस्पतालमा अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय प्रमुख एव प्रहरी उपरिक्षक गणेश चन्दलगायतका व्यक्तिहरुलाई सम्मानित गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले आइतवार एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी प्रमुख एव प्रहरी उपरिक्षक चन्द र प्रहरी निरिक्षक झपेन्द्र परियारलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जिल्लामा कोरोना नियन्त्रण, व्यवस्थापन,लकडाउन कार्यान्वयन र विरामीहरुलाई अस्पतालमा अक्सिजन सिलिण्डर व्यवस्थापनसँगै जिल्लामा शान्तिसुरक्षा कायम गर्न सक्षम भूमिका निर्वाह गरेकाले सम्मान गरेको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।

त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी पौडेललले प्रहरी निरिक्षक झपेन्द्र परियारलाई पनि कोरोना नियन्त्रण तथा शान्ति सुरक्षा स्थापनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरेका थिए । प्रजिअ पौडेलले दुवै जनालाई नगदसहित प्रशंसापत्रले सम्मानित गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्