कक्षा ११को परीक्षाको मूल्याङ्कन विद्यालय आफैले गर्ने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कक्षा ११को परीक्षाको मूल्याङ्कन विद्यालय आफैले गर्ने

    मा प्रकाशित

असार ६, दाङ ।
विद्यालयहरुले आफ्नो अनुकूलतामा कक्षा ११ को विद्यार्थी मूल्याङ्कन गर्न सक्ने भएका छन् । गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार विद्यालयले विद्यार्थीको मूल्याङ्कन गर्नुपर्नेछ ।
कार्यविधिभित्र रहेर विद्यालयले आफ्नो अनुकूलतामा मूल्याङ्कन गर्न सक्ने राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो । उक्त कार्यविधिमा असार मसान्तसम्म मूल्याङ्कन सक्नुपर्ने भनिए पनि यो वर्ष विद्यालयले आफ्नो परिस्थिति अनुकूल मूल्याङ्कन गर्न सक्ने उहाँले बताउनुभयो ।

कार्यविधिमा विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्नुपूर्व उक्त परीक्षाको मिति र समयका बारेमा बोर्डका सम्बन्धीत कार्यालयलाई जानकारी गराउनुपर्ने उल्लेख छ । गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को विद्यार्थीको मूल्यांकन गर्ने अधिकार विद्यालयलाई दिएको थियो । कार्यविधिमा कक्षा ११ मा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीले मात्र परीक्षा दिन पाउने, विद्यार्थीले कक्षा ११ माअध्ययनका लागि विषयहरु बोर्डमा रजिष्ट्रेसन गराउनुपर्ने र परीक्षाका लागि प्रश्नपत्र तथा उत्तरपुस्तिका पनि विद्यालय आफैंले तयार गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्