असार ६, दाङ ।
नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यस्थिति सुधार आएको छ। खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको उपचारमा थप केही समय लाग्ने छ ।
खनाललाई ज्वरो, टाउको दुख्ने र खोकीको समस्या हटिसकेको भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार खनाललाई अक्सिजन सपोर्टबाट हटाइएको छ। स्वास्थ्य अवस्था जटिल बनेपछि पूर्वप्रधानमन्त्री समेत रहनुभएका खनाललाईउपचारका लागि नयाँ दिल्ली लगिएको थियो । उहाँको अपोलो अस्पतालमा उपचार भइरहेको छ।
एक हप्ताभन्दा बढी ज्वरो आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई गत बुधबार नेपाल वायु सेवा निगमको जहाजबाट उपचारका लागि दिल्ली लगिएको थियो।
मा प्रकाशित