बाढीले मेलम्चीमा अर्बौको क्षति, २ शैक्षिक संस्थादेखि रेडियोको भवन समेत डुबानमा – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

बाढीले मेलम्चीमा अर्बौको क्षति, २ शैक्षिक संस्थादेखि रेडियोको भवन समेत डुबानमा

    मा प्रकाशित

दिपिन ढुंगाना
असार ६, सिन्धुपाल्चोक ।

गत असार १ गतेको बाढीका कारण सिन्धुपाल्चोकको तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ, मेलम्चीमा ठूलो जन धनको क्षति भयो । व्यक्तिका घर, संघसंस्था, विभिन्न कार्यालयहरु, खेतीयोग्य जमिन, विद्यालय लगायत अर्बौको क्षति भएको छ ।

 

अहिले सिन्धुवासी बिचल्लीमा परेका छन् । विद्यालयका पक्की संरचना समेत भत्किँदा विद्यार्थीको बिचल्ली भएको छ भने सञ्चार माध्यमहरुमा क्षति पुग्दा आम नागरिकहरु सूचनाको पहुँचबाट टाढा हुन परेको छ ।

 

कोरोेनाको कहरका बीचमै पनि तेर्से माध्यामिक विद्यालय, तालामाराङले विभिन्न माध्यमबाट शैक्षिक गतिविधि अगाडि बढाउँदै आएको थियो । विद्यार्थी भर्ना, पुस्तक वितरण जस्ता कार्यले गर्दा विद्यालयले आफ्नो गतिविधि सक्रिय रुपमा अगाडि बढाएको थियो । मेलम्ची भेगको अग्रणि विद्यालय, गुणस्तिरीय शिक्षा प्रदान गर्दै मेलम्ची नगरपालिकाको नमुना विद्यालयको रुपमा परिचित थियो ।

 

असार १ गतेको बाढिले सामान्य क्षति पु¥याएको स्कुलमा असार ५ गतेको बाढिले विद्यालयको भौतिक रुपमा क्षति ग¥र्यो । विद्यालय मात्र नभएर प्रहरी चौकी र स्थानीयको घरमा समेत जोखिम बढाएको छ । विद्यालयको भौतिक क्षति त भयो त्यसले गर्दा हजारौं विद्यार्थीको भविष्य अन्धकारमा धकेलिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्