बालबालिकाहरु मेवाइलमा व्यवस्त हुँदा अभिभावकलाई चिन्ता – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

बालबालिकाहरु मेवाइलमा व्यवस्त हुँदा अभिभावकलाई चिन्ता

    मा प्रकाशित

भावना पौडेल
असार ६, डडेल्धुरा ।
कोरोना महामारीका कारण विद्यालयहरु बन्द छन् । बजार क्षेत्रमा इन्टरनेटको माध्यमबाट पठन पाठन भईरहेपनि ग्रामिण क्षेत्रका बालबालिका झण्डै दुई महिना यता पढाईबाट बञ्चित छन् । उनिहरु घन्टौंसम्म मोबाईलमा व्यस्त हुँदा अभिभावकमा चिन्ता देखिन्छ ।

विद्यालय बन्द हुँदा र पढाई नहुँदा फुर्सदिला बनेका बालबालिका मोबाईलमा खेल खेल्नमा ब्यस्त हुने गरेका छन् । प्राय समय मोवाईलमा खेल खेल्नमै बित्न थालेपछि आफ्ना छोराछोरी खाना खान मन नगर्ने र एकान्तमा बस्न मन पराउने हुँदै गएकोमा एकजना अभिभावक, अस्मिता भट्टको भनाइ छ । सामान्य समयमा आफ्नो कोठा र घरबाहिर धेरै समय बिताउने किशोर किशोरीहरु आजभोलि घण्टौँसम्म बन्द कोठामा इन्टरनेट र मोबाईलमा ब्यस्त हुन्छन् । जुन उनिहरुको लत बन्ने खतरा रहेको बताउनुहुन्छ अर्का अभिभावक लक्ष्मिदेवी साउँद ।

पढाईको समयमा वा नयाँ कुरा खोजीका लागि इन्टरनेट लगाएत प्रविधीको प्रयोग गर्नु राम्रो भएपनि हरेक समय मोवाईल अथवा कम्प्युटर खेल खेलेर बस्ने बानीले बालबालिकामा नकारात्मक असर गर्ने बालमनोविज्ञहरु बताउँछन् । अभिभावकले बालबालिकासँग बढी समय बिताउने तथा उनीहरूसँग कुराकानी गरिरहने र बालबालिकालाई नयाँनयाँ पकवानहरू पकाउन सिकाएर व्यस्त बनाउन सके नराम्रो लत छुटाउन सकिने स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठको बुझाई छ ।अभिभावकले समयमै बालबालिकाको यो छुटाउन नसके उनिहरुको शारिरिक तथा मानसिक स्वास्थ्य असर पर्न सक्ने चिकित्सकहरु बताउँछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्