पछिल्लो २४ घण्टामा दाङमा थप ८ जनामा कोरोना पुष्टि, ३९ जना डिस्चार्ज – Kanika Khabar
Sunday, April 27Nepali News Portal

पछिल्लो २४ घण्टामा दाङमा थप ८ जनामा कोरोना पुष्टि, ३९ जना डिस्चार्ज

    मा प्रकाशित

असार ६, दाङ ।
आज दाङका ८ जनामा कोरोना देखिदा ३९ जना निको भएका छन् । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले दिउसो ३ बजे दिएको जानकारी अनुसार ३० जनामा पिसिआर परिक्षण गर्दा ८ जनामा कोरोना देखिएको हो ।

त्यस्तै आज ३९ जना कोरोनाका विरामी निको भएका छन् । आज निको भएका संगै बैशाख यता निको हुनेको संख्या ७ हजार २ सय २७ पुगेको छ भने संक्रमित हुनेको संख्या ७ हजार ७ सय ७ पुगेको छ ।

दाङमा अहिले संक्रिय संक्रमितको संख्या ३ सय ४१ छ । जसमध्ये अधिकांश संक्रमित घरमै बसेका छन् । जसमा २ सय १९ जना होमआईशोलेसनमा बसेका छन् । त्यस्तै ६३ जना संस्थागत आईशोलेसनमा रहेका छन । संस्थागत आईशोलेशनमा रहेका ६३ जना मध्ये १५ जना आईसियुमा उपचार भईरहेको छ भने ४८ जना सामान्य रहेका छन् ।

दाङमा आज कोरोनाका कारण कसैको मृत्यु भएको छैन् भने बैशाख यता कोरोनाबाट मृत्युहुनेको संख्या १ सय ९७ पुगेको छ ।।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्