असार ६, दाङ ।
पहिरोले अवरुद्ध भएको राप्ती राजमार्ग एक हप्ता पछि खुलेको छ । दाङ–सल्यान सडकखण्ड अन्तरगत कपुरकोट गाउँपालिका–३ दसरेलगायत स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो । राजमार्ग हिजोबाट साँझबाट सुचारु भएको हो । असार १ गतेदेखि अवरुद्ध बनेको सडक हिजो साँझबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दसरे आसपासमा ठूलो ढुंगासँगै पहिरो गएको थियो । सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक राम प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा धेरै मालवाहक गाडी बीच बाटोमै अलपत्र परेका थिए । बाटोमा रोकिएका चार वटा गाडीमा समेत पहिरोले क्षति पु¥याएको थियो । सडक अवरुद्ध हुँदा दाङ, सल्यान, रुकुम पश्चिम, रुकुमपूर्व र रोल्पासम्मको यातायात अवरुद्ध भएको थियो ।
यस्तै अविरल वर्षाले जिल्लाका अवरुद्ध दर्जन बढी ग्रामीण सडक पनि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।