सप्तरङ्गी अक्षरयात्रा -२०७८ काे तेस्रो कार्यक्रम सम्पन्न – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

सप्तरङ्गी अक्षरयात्रा -२०७८ काे तेस्रो कार्यक्रम सम्पन्न

    मा प्रकाशित

असार ६, दाङ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले समय र सिर्जना कार्यक्रम शनिबार सम्पन्न गरेका छ ।
परिषद् दाङ शाखाले भर्चुअल (जुम) मार्फत सप्तरङ्गी अक्षरयात्रा -२०७८ काे तेस्रो कार्यक्रम अन्तर्गत समय र सिर्जनामा सामुहिक रचना वाचन गरी कार्यक्रम सम्पन्न गरिएकाे हाे ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् जनक शिक्षा सामाग्री केन्द्रका पुर्व उप-निर्देशक तथा मध्यपश्चिम क्षेत्रको लोक साहित्य र संस्कृतिका अध्ययता बरिस्ठ साहित्यकार मनाेहर लामिछानेकाे प्रमुख अातिथ्यतामा सम्पन्न गरेकाे छ ।

सो कार्यक्रममा देशका विभिन्न जिल्ला तथा अन्तर्राष्ट्रिय रूपमा समेत सहभागीता रहेकाे थियाे । जुम मार्फत सञ्चालन गरिएकाे कार्यक्रममा बरिस्ठ साहित्यकारहरू डा अमर शाह, डा. कृष्णराज डि सी, डा मधुसूदन लामिछाने, टिकाराम उदासी, नारायण नेपाल (दाङ), केशव थापा, कमलमणि देबकाेटा, डा पुर्ण भण्डारी पंकज, डा लाेकराज पराजुली, केशवराज देबकाेटा, दामु मर्सिफुल, डिल्लीराज श्रीधर, माैसमदास श्रेष्ठ, जागेश्वर शर्मा घिमिरे, हरिप्रसाद पाण्डेय, सिक्किमबाट राधा पाण्डेय, जीविका खतिवडा अमेरिकाबाट शरद पाेख्रेल, राप्ती साहित्य परिषद् जिल्ला शाखा राेल्पाका अध्यक्ष कविता उपाघ्याय, प्यूठान शाखाका अध्यक्ष बिमला खनाल, रूकुम पश्चिमका उपाध्यक्ष सिर्जना शर्मा, त्रिभुवननगर जेसीजका पुर्व अध्यक्ष मुकुन्दप्रसाद रन्जितकार र निशान्त अाचार्य, बर्तमान महासचिव टंकबहादुर रावत अन्नत, साहित्यकारहरू गोपाल प्रसाद शर्मा, मुकुन्द राज पाेख्रेल, ऋषि शर्मा सुदामा, यम रेग्मी, विपिन घिमिरे, सन्धा रेग्मी, श्रीकृष्ण पाेखरा, नारायण नेपाल (काठमाडौ) माधव पाेख्रेल, प्रकाश के सी (रुकुम) केशर (धनगढी) घनश्याम अस्तित्व, नारदप्रसाद भण्डारी, बिमला डाँगी विकलता, गुरुप्रसाद कुमाल बुलबुल ,बसन्त वली बसन्ती, प्रतीक संग्रामी, पृथक हिमाल ओलि, अभि क्षेत्री समर्पण, ध्रुव गिरी, राजकुमार खड्का, नवराज अाचार्य, चक्र डि सी, रामप्रकाश चौधरी, शुशिला अाचार्य, हरिचन्द्र शर्मा, कमलराज वली, भिमा पाण्डे, टाेपबहादुर, विनायक पन्त, सन्ताेष हरदम मगर, अाेमप्रकाश देबकाेटा, अनिता शर्मा, फणीन्द्रराज देबकोटा, सिद्धनारायण अाचार्य, विक्रम वली, मनाेज पीडित, भुमी क्षेत्री, पुष्कर खड्का भावुक, अर्चितबाबु मर्सिफुल, राेहित वली, डिभाइड शर्मा, सफलता श्रेष्ठ, अनुभूति बुढा लगायत अन्य साहित्यकारहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा केन्द्रीय तथा विभिन्न जिल्लाका पदाधिकारीहरू र सल्लाहकारज्यूहरूकाे सहभागीता रहेकाे थियाे ।
कार्यक्रममा विश्व कृतिमानी संगीतकार सन्ताेष श्रेष्ठद्वारा स्वदेशगान प्रस्तुत गरि रचना वाचन कार्यक्रमकाे शुभारम्भ गरिएको थियो । उक्त समय र सिर्जना कार्यक्रममा परिषद् दाङ शाखाका उपाध्यक्ष शारदा शर्माले स्वागत मन्तव्य ब्यक्त गर्नुका साथै कार्यक्रम को सहजीकरण सचिव प्रकाश केसीले गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्