युरोकपमा आज बिभिन्न चार खेल हुँदै – Kanika Khabar
Sunday, April 27Nepali News Portal

युरोकपमा आज बिभिन्न चार खेल हुँदै

    मा प्रकाशित

असार ७, दाङ ।
१६ औँ संस्करणको युरोकप फुटबलमा आज बिभिन्न चार खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘बी’ र समूह ‘सी’ का दुईदुई खेल हुनेछन् । समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग नेपाली समयअनुसार आज राति ९ः४५ बजे खेल्नेछ ।

 

नेदरल्यान्ड्स यस समूहबाट नकआउट चरणमा प्रवेश गरिसकेको छ । यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया राति ९ः४५ बजे नै प्रतिस्पर्धामा उत्रनेछन् । समूह ‘बी’ मा रहेका बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज फिनल्याण्डलाई हराएर बेल्जियम समूह विजेता बन्न चाहन्छ । यसै समूहको अर्को खेलमा रुसले डेनमार्कसँग राति १२ः४५ बजे खेल्नेछ ।

गएराति भएको खेलमा भने इटाली समूह विजेता युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति रोममा भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । स्विट्जरल्यान्डले भने १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित निकालेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३–१ गोल अन्तरले परजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित निकालेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्