कोपा अमेरिका फुटबलमा भेनेजुएला र इक्वेडरले खेले बराबरी – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

कोपा अमेरिका फुटबलमा भेनेजुएला र इक्वेडरले खेले बराबरी

    मा प्रकाशित

असार ७, दाङ ।
कोपा अमेरिका फुटबल अन्तर्गत आज बिहान भएको खेलमा भेनेजुएला र इक्वेडरले बराबरी खेलेका छन् । अन्तिम समयमा गोल भएपछि भेनेजुएलाले इक्वेडरलाई २–२ को बराबरीमा रोक्न सफल भएको हो ।

समूह बी अन्तर्गतको खेलमा इक्वेडरका लागि ३९ औँ मिनेटमा एरिटन प्रेसिएडो र ७१ औँ मिनेटमा गोन्जालो प्लाताले गोल गर्नुभएको हो । भेनेजुएलाका लागि ५१ औँ मिनेटमा एड्सन कास्तिलो र इन्जुर समयको पहिलो अर्थात ९१ औँ मिनेटमा रोनाल्ड हेर्नान्डेजले गोल गर्नुभएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्