दाङमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना पुष्टि, ३९ जना डिस्चार्ज – Kanika Khabar
Thursday, April 18Nepali News Portal

दाङमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना पुष्टि, ३९ जना डिस्चार्ज

    मा प्रकाशित

असार ७, दाङ ।
पछिल्लो २४ घण्टामा दाङमा आज कोरोना संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढि देखिएको छ ।
जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले आज दिउसो ३ बजे दिएको जानकारी अनुसार जिल्लामा १४ जनामा संक्रमण देखिदा ३९ जना संक्रमणमुक्त भएका छन् ।
गएको २४ घण्टामा ८० जनामा परिक्षण गर्दा ५ महिला र ९ पुरुषमा कोरोना देखिएको केन्द्रले जनाएको छ ।
आज थपिएका १४ जना सहित जिल्लामा बैशाख यता संक्रमित हुनेको संख्या ७ हजार ७ सय २० पुगेको छ ।

अहिले जिल्लाका अधिकांश संक्रमित होमआईशोलेसनमा बसेका छन् । जसमा १ सय ९८ जना होमआईशोलेसनमा,सामान्य उपचारमा ४३ जना रहेको छन भने आईसियुमा १५ जनाको उपचार भईरहेको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २ सय ५६ मा झरेको छ ।

त्यस्तै आज निको भएका ३९ जना संगै जिल्लामा बैशाख यता निको हुनेको संख्या ७ हजार २ सय ६६ पुगेको केन्द्रले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्