दाङमा गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु – Kanika Khabar
Thursday, April 18Nepali News Portal

दाङमा गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु

    मा प्रकाशित

७ असार, दाङ ।
दाङमा बितेको २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र घोराहीले आज दिउसो ३ वजे दिएको जानकारी अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का ६० वर्षिय पुरुषको मृत्यु भएको हो ।
उहाँको कोरोना विशेष अस्पताल बुलझुण्डीमा उपचारको क्रममा मृत्युभएको हो । उहाँमा गत जेठ २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

आज मृत्युभएका एक सहित जिल्लामा बैशाख यता कोरोनाबाट मृत्युहुनेको संख्या १ सय ९८ पुगेको केन्द्रले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्