पछिल्लो २४ घण्टामा दाङमा थप १९ जनामा कोरोना पुष्टि, ९७ जना डिस्चार्ज – Kanika Khabar
Friday, May 16Nepali News Portal

पछिल्लो २४ घण्टामा दाङमा थप १९ जनामा कोरोना पुष्टि, ९७ जना डिस्चार्ज

    मा प्रकाशित

असार ८, दाङ ।
पछिल्लो २४ घण्टामा दाङमा १९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले दिएको जानकारी अनुसार ९० जनामा परिक्षण गर्दा ६ महिला र १३ पुरुष गरि १९ जनामा कोरोना देखिएको हो ।

त्यस्तै वितेको २४ घण्टामा ९७ जना कोरोनाका विरामी निको भएका छन् । आज निको भएका संगै बैशाख यता निको हुनेको संख्या ७ हजार ३ सय ६३ पुगेको छ भने संक्रमितको संख्या ७ हजार ७ सय ३४ पुगेको छ । आज जिल्लामा १ सय ७७ जना सक्रिय संक्रमित रहेको केन्द्रले जानकारी दिएको छ ।

संक्रमित मध्य अहिले अधिकांश संक्रमित घरमै बसेका छन् । जसमा १ सय २६ जना होमआईशोलेसनमा बसेका छन् । त्यस्तै ३७ जना सामान्य उपचारमा छन् भने १५ जना आईसियुमा उपचाररत रहेको केन्द्रले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्