जेष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो डोज खोप लगाउन सर्वोच्चको आदेश – Kanika Khabar
Wednesday, July 28Nepali News Portal

जेष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो डोज खोप लगाउन सर्वोच्चको आदेश

    मा प्रकाशित

असार ८, काठमाडौँ ।
६५ वर्षभन्दामाथिल्लो उमेर समूहका नागरिकलाई तत्काल कोभिड १९ विरुद्धको कोभिसिल्डको दोस्रो डोज खोप लगाउन सर्वोच्च अदालतले आज सरकारका नाममा अन्तरिक्ष आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वर खतिवडाको इजलासले यस्तो आदेश दिएको हो । अघिल्लो वर्ष कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई ढिलाइ भएको भन्दै अदालतले आदेश दिएको हो । अदालतले यथाशिघ्र खोपको व्यवस्था गर्न भनेको छ ।
विज्ञहरुले पहिलो डोज लगाएको ८ देखि १२ सातासम्म खोप लगाउन सकिने बताएका छन् । नेपालमा ६५ वर्ष माथिका १३ लाखभन्दा बढीले पहिलो डोज खोप लगाइसकेका छन् । दोस्रो डोज खोप लगाउन माग गर्दै अर्जुनराज गिरी समेतले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउन आदेश जारी गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्