नदी किनारामा बसोबास गर्नेलाई सचेत रहन स्थानीय तहका जनप्रतिनिको आग्रह – Kanika Khabar
Thursday, March 28Nepali News Portal

नदी किनारामा बसोबास गर्नेलाई सचेत रहन स्थानीय तहका जनप्रतिनिको आग्रह

    मा प्रकाशित

राकेश दयाल
असार ९, डडेल्धुरा ।
लगातारको अविरल बर्षाका कारण देशभरि बाढि पहिरोको जोखिम बढेको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न नदी तथा खोलाहरुमा बाढी आउने सम्भावना रहेको भन्दै सतर्क रहन जनप्रतिनिधि र विज्ञहरुले आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला बैतडी सबै जिल्ला बाढि पहिरोको जोखीममा छन् ।

डडेल्धुराको बिभिन्न ठाउँहरु मध्ये परशुराम नगरपालिसबै भन्दा उच्च जोखिममा छ । बाढि पहिरोबाट हुन सक्ने क्षति नियन्त्रण गर्न पालिकाले सम्पुर्ण श्रोत साधनको प्रयोग गरिरहेको परशुराम नगरपालिका डडेल्धुराका नगरप्रमुख भिम बहादुर साउदले बताउनुभयो । बिगतका बर्षहरुको तुलनामा यस बर्ष सरदर भन्दा बढि बर्षा हुने र बाढी पहिरोका घटना बढ्न सक्ने आकलन विज्ञहरुले गरिरहेका छन् । त्यस कारण पनि नदी आसपासमा बस्ने र संभावित जोखिमयुक्त क्षेत्रका नागरिकलाइ सचेत गराउने काम पनि स्थानीय सरकारले गरिरहेका छन् महाकाली नगरपालिका दार्चूलाका नगरप्रमुख हंशराज भट्ट स्थानीयलाइ सचेत गराउनुका साथै विपद आइहालेको खण्डमा गर्नुपर्ने कामका बारेमा तयारी पनि भैरहेको बताउनुभयो ।

बैतडी जिल्लाको सबै भन्दा उच्च जोखिममा पुर्चाैडि नगरपालिका छ ।बाढीबाट सम्भाबित क्षति हुन नदिन नगरपालिकाको मेसिन लगाएर खुलाउने प्रयास गरिरहेको पुर्चौडि नगरपालिका बडा न. १० का वडा अध्यक्ष जितबहादुर बिष्टको भनाइ छ । बिशेष गरि नदी किनारामा बसोबास गर्नेहरुलाइ सचेत रहेर बस्न पालिकाहरुले आग्रह गरेका छन् भने संभावित विपद् आइहालेको खण्डमा गर्नुपर्ने कामका बारेमा पनि तयार रहेको उनीहरुको भनाइ छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्