व्यवसायीहरुलाई लकडाउन अवधिको घरभाडा छुट गरिदिन घरधनीलाई आग्रह – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

व्यवसायीहरुलाई लकडाउन अवधिको घरभाडा छुट गरिदिन घरधनीलाई आग्रह

    मा प्रकाशित

असार ९, दाङ ।
नारायणपुर उद्योग बाणिज्य संघले लकडाउन अवधिको घरभाडा छुट गरिदिन घरधनीहरुलाई अनुरोध गरेको छ । आज बसेको संघको बैठकले यस्तो अनुरोध गरेको हो ।
कोभिड १९ को उच्च जोखिमलाई रोक्न जिल्लामा जारी लकडाउन अवधिभर व्यापार व्यवसाय नभएका कारण व्यवसायीहरुलाई भाडा तिर्न कठिनाइ भएका कारण घरभाडा छुट गरिदिन अनुरोध गरेको हो ।

व्यवसायी प्रयोजनका लागि उपयोग गरिएका कोठा तथा घरको भाडामा छुट गरी व्यवसायीहरुलाई राहत दिलाइदिनका लागि अनुरोध गरेको बताइएको छ । संघका अध्यक्ष अभियान बस्नेतको अध्यक्षतामा बसेको बैठकको सहजीकरण महासचिव बसन्त न्यौपानेले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्