काङ्ग्रेसमा चुनावी सरगर्मी : नेतृत्वका लागि नेताहरू दौडधुपमा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

काङ्ग्रेसमा चुनावी सरगर्मी : नेतृत्वका लागि नेताहरू दौडधुपमा

    मा प्रकाशित

असार १०, दाङ ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति निश्चित भएसँगै नेताहरूको दौडधुप सुरु भएको छ । सभापति शेरबहादुर देउवाले फेरि दोहरिने आकाङ्क्षासहित भेटघाट तीव्र पारेपछि देउवाकै पक्षमा रहेका नेताहरूले पनि नेतृत्वका लागि छलफल गरिरहेका छन् ।

काँग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदैछ । नेता विमलेन्द्र निधीले पनि आफू सभापतिको दौडबाट पछि नहट्ने बताइसक्नुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिमा दावी गर्ने आगामी रणनीति बनाउन नेताहरूसँगको भेटघाटलाई तीव्रता दिनुभएको छ ।

 

नेता पौडेलले महाधिवेशन केन्द्रित छलफलका लागि आफू पक्षीय नेताहरूको बैठक आजका लागि बोलाउनुभएको छ । दिउँसो २ बजेपछि काठमाडौँको एक पार्टी प्यालेसमा बैठक बोलाइएको केन्द्रीय सदस्य गुरूराज घिमिरेले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्