युरोकप फुटबलमा समूह चरणका खेल सम्पन्न – Kanika Khabar
Saturday, April 20Nepali News Portal

युरोकप फुटबलमा समूह चरणका खेल सम्पन्न

    मा प्रकाशित

असार १०, दाङ ।
१६ औ संस्करणको युरोकप फुटबलका समूह चरणका खेलहरु सकिएका छन् । गएराति भएको अन्तिम चार खेलसँगै युरोकपको समूह चरणको खेल सकिएको हो । समूह चरणको खेल सकिएसँगै १६ टिम नकआउट चरणमा पुगेका छन् ।

 

गएराति भएको खेलमा हङ्गेरीसँग २—२ गोलको बराबरी खेल्दै जर्मनी समूह उप विजेता बनेको छ । पोर्चुगलसँग २—२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको छ । गएराति नै भएको स्विडेन र पोल्याण्डबीचको खेलमा भने पोल्याण्डलाई ३—२ गोल अन्तरले पराजितगदै स्विडेन समूह विजेता बनेको हो । स्लोभाकिया र स्पेनबीचको खेलमा भने स्पेन विजयी हुँदै अन्तिम १६ मा स्थान पक्का गरेको छ । नकआउट चरणको खेलभने आगामी शनिबारबाट सुरु हुनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्