घोराही उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७८/७९ का लागि २ अर्ब २० करोड २८ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक – Kanika Khabar
Thursday, March 28Nepali News Portal

घोराही उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७८/७९ का लागि २ अर्ब २० करोड २८ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक

    मा प्रकाशित

१० असार, दाङ ।
घोराही उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८र७९ का लागि २ अर्ब २० करोड २८ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नवौँ नगरसभामा आज नगर उपप्रुमख सीता सिग्देल न्यौपानेले आगामी आर्थिक बर्षका लागि विकास तर्फ एक अर्व ७ करोड २५ लाख ९५ हजार रुपैयाँ र चालु तर्फ एक अर्व १३ करोड २ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

उक्त खर्च व्यहोर्ने स्रोत मध्य घर जग्गा रजिष्ट्रेशनबाट २५ करोड, संघीय वित्तिय समानिकरण अनुदानबाट ३४ करोड ५० लाख, संघीय राजस्व बाँडफाँडबाट २१ करोड २६ लाख ९८ हजार, संघीय रोयल्टी बाँडफाँडबाट ५ लाख रुपैयाँ रहेको छ ।

 

त्यसैगरी, संघीय सशर्त अनुदानबाट ६४ करोड ४८ लाख, संघीय समपुरक अनुदानबाट एक करोड ४ लाख र संघीय बिशेष अनुदानबाट ३ करोड ५३ लाख रुपैयाँ व्यहोरीने उपप्रमुख सिग्देलले जानकारी दिनुभयो ।

यसैगरी, प्रदेश समानिकरण अनुदानबाट एक करोड ६७ लाख ४ हजार, प्रदेश राजस्व बाँडफाँडबाट ४ करोड १८ लाख ४५ हजार, प्रदेश सशर्त अनुदानबाट ५ करोड १० लाख ४४ हजार, प्रदेश समपुरक अनुदानबाट ३ करोड र प्रदेश बिषेश अनुदानबाट ८० लाख रुपैयाँ व्यहोरीने भएको छ ।

प्रस्तुत बजेटमा अपुग ५५ करोड ६५ लाख ८७ हजार गत आर्थिक बर्षको बैंक बाँकीबाट व्यहोरीने उपमहानगरको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्