कक्षा १ देखि ८ सम्म पूर्ण रुपमा निशुल्क शिक्षाका लागी ७५ लाख बजेट – Kanika Khabar
Friday, April 19Nepali News Portal

कक्षा १ देखि ८ सम्म पूर्ण रुपमा निशुल्क शिक्षाका लागी ७५ लाख बजेट

    मा प्रकाशित

तुलसीपुर १० असार ।

तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखी तुलसीपुर क्षेत्रमा आधारभुत तह सम्म निशुल्क शिक्षा प्रदान गर्ने भएको छ । तुलसीपुर क्षेत्र भित्र विद्यार्थीहरुको पहुँच सुनिश्चित गर्नका लागि आधारभुत तह अन्तर्गत कक्षा १ देखि ८ सम्म पूर्ण रुपमा निशुल्क वनाउने गरी बजेट बिनियोजन भएको छ । उपमहानगरपालिकाले आधारभुत तह सम्म निशुल्क शिक्षाका लागी ७५ लाख बजेट छुट्याएको छ । यस्तै कोभिड १९ को प्रकोपलाई मध्यनजर गर्दै वैकल्पिक विधिबाट विद्यार्थीहरुको सिकाईलाई निरन्तरता दिनका लागि १० लाख,

प्रविधिको पहुँचबाट टाढारहेका विद्यार्थीहरुको लागि कार्यपुस्तक लगायतको व्यवस्था गरी शिक्षक र स्थानीय स्वंयसेवकहरुको परिचालनबाट “टोल टोलमा सिकाई” कार्यक्रमका लागि ५ लाख, मन्टेश्वरीको मापदण्ड अनुसारका १० वटा बालबिकास केन्द्रको स्तरवृद्धिका लागि १० लाख विनियोजन ,शिशु कक्षा सहयोगीहरुको क्षमता, दक्षता र कार्यको आधारमा शिशु कक्षा सहयोगी कार्यकर्ता ,विद्यालय सहायक कर्मचारी र कार्यालय सहयोगीलाई थप सेवा सुविधाका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।

तुलसीपुर मेट्रो कलेज, तुलसीपुर बहुप्राविधिक शिक्षालय भवन तथा अन्य पूर्वाधारका लागि संघ तथा प्रदेश सरकारको विशेष अनुदानमा रु १५ करोड रकम विनियोजनको प्रस्ताव गरिएको छ, भने उपहानगरपालिकाको तर्फबाट शैक्षिक कार्यक्रम सञ्चालन तथा तत्काल पूर्बाधार विकासका लागि रु २ करोड रकम विनियोजन गरिएको छ ।यस्तैगरी शिशु कक्षा सहयोगीहरुको क्षमता, दक्षता र कार्यको आधारमा शिशु कक्षा सहयोगी कार्यकर्ता ,विद्यालय सहायक कर्मचारी र कार्यलय सहयोगी लाई थप सेवा सुविधाका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्