पछिल्लो २४ घण्टामा दाङमा थप १९ जनामा कोरोना पुष्टि, ६६ जना डिस्चार्ज – Kanika Khabar
Friday, March 29Nepali News Portal

पछिल्लो २४ घण्टामा दाङमा थप १९ जनामा कोरोना पुष्टि, ६६ जना डिस्चार्ज

    मा प्रकाशित

१० असार, दाङ ।
पछिल्लो २४ घण्टामा दाङमा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ५० जनामा पिसिआर परिक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा घोराहीका ११, तुलसीपुरका ३, लमही र राप्तीका दुईरदुई, गढवाका एक जना रहेकोे जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

आज थपिएका सँगै जिल्ला सकृय संक्रमितको संख्या १ सय ४८ मा झरेको छ । ति मध्य ९७ जना संक्रमित घरमै, संस्थागत आईसोलेशनमा ३८ जना र १३ जना आइसियूमा रहेका छन् । त्यस्तै आज जिल्लामा ६६ जना कोरोना मुक्त भएका छन् ।

बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ७ हजार ७ सय ७३ पुगेको छ भने ७ हजार ४ सय २३ जना निको भएका छन् । बैशाख यता कोरोनाबाट दाङमा एक सय ९९ जनाको मृत्युभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्