देवदह नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक – Kanika Khabar
Friday, April 19Nepali News Portal

देवदह नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

    मा प्रकाशित

पार्वती न्यौपाने
असार ११, देवदह ।
देवदह नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । देवदह नगरपालिकाको ९ र्औ नगर सभामानगर प्रमुख हिराबहादुर खत्रीले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख खत्रीले नगरपालिकाले स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगार, कृषि र पुर्वाधारलाई विशेष जोड दिएको बताउनु भयो ।

उहाँले अहिलेको विषयम परिस्थितीमा आम नागरिकको स्वास्थ्य नै प्रमुख भएकोले नगरपालिकाको नीति तथा कार्यक्रमलाई स्वास्थ्यलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै देवदह नगरपालिकामा रहेको तीनवटै स्वास्थ्य चौकीहरुबाट सेवा प्रवाह गर्ने गरी स्वास्थ्य भौतिक पुर्वाधार निर्माणलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । सहकारीको माध्यमबाट आर्थिक विकास गरी रोजगारी सृजना गर्ने गरी नगरपालिका अगाडि बढेको जानकारी दिँदै उहाँले गुणस्तर शिक्षाको लागि विभिन्न कार्यक्रम अगाडि सारेको र नगरभित्र एक गुरुकुल शिक्षा संचालन गर्ने प्रक्रिया अगाडि बढाएको उल्लेख गर्नुभयो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्