कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिँदै, विश्व स्वास्थ्य संगठन चिन्तित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिँदै, विश्व स्वास्थ्य संगठन चिन्तित

    मा प्रकाशित

असार ११, दाङ ।
कोरोनाको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहकोे प्रति विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिन्ता व्यक्त गरेको छ । अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको डब्लूएचओले जनाएको छ ।

 

पछिल्लो दुई हप्तामा मात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको उल्लेख गर्दै संगठनले अहिलेसम्म कोरोनाको अल्फा भेरियन्ट एक सय ७० देशमा, बिटा भेरियन्ट एक सय १९ देशमा र गामा भेरियन्ट ७१ देशमा फैलिएको जानकारी दिएको छ । डब्लूएचओले कोरोना भाइरसको संक्रमण फैलाउने अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टको निगरानी गर्न थालेको उल्लेख गर्दै अल्फा भेरियन्टभन्दा डेल्टा तीव्र गतिमा फैलेने गरेको पाइएको जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्