बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार – Kanika Khabar
Wednesday, July 28Nepali News Portal

बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार

    मा प्रकाशित

ताप्लेजुङ, असार ११ ।

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गर्दै गाउँपालिकाले बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरी मासिक रु १५ हजार पु-याउने जनाएको हो ।

यस्तै गाउँपालिकाले शिक्षकहरुको क्षमता विकासका लागि आवश्यक तालिम तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पठनपाठनलाई प्रभावकारी बनाउनका लागि शिक्षकहरुको क्षमता वृद्धि गर्ने योजना बनाइएको गाउँपालिका अध्यक्ष केशर मेन्याङ्बोले बताउनुभयो ।

गाउँपालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउदै लगिने र त्यसका लागि विद्यालयहरुमा इन्टरनेटलगायतका विद्युतीय सामग्री जडान गरिने भएको छ । विद्यार्थीको शारीरिक र बौद्धिक क्षमता विकासका लागि विभिन्न खेलकुद कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्ने गाउँपालिकाले जनाएको छ । पालिकाको बिहीबार सम्पन्न १० औँ गाउँसभामा आगामी आर्थिक वर्षका लागि रु ४२ करोड २९ लाख ६८ हजार २९० को बजेट प्रस्तुत भएको छ ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्