एकल रचना वाचन एवं कविता विमर्श – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

एकल रचना वाचन एवं कविता विमर्श

    मा प्रकाशित

असार ११, दाङ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले ६६ औँ श्रृङ्खलामा नियमित एकल रचना वाचन एवम् कविता विमर्श कार्यक्रम सम्पन्न गरेको छ ।
परिषद् दाङ शाखाले भर्चुअल (जुम) मार्फत सप्तरङ्गी अक्षरयात्रा (२०७८ को चौथो कार्यक्रम अन्तर्गत एकल रचना वाचन एवं कविता विमर्श कार्यक्रममा कवि, समालोचक डा नेत्र एटमले रचना वाचन गर्नुका साथै कविता विमर्श गरी कार्यक्रम सम्पन्न गरिएको हो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ कवि, संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । एकल रचना वाचनमा वाचित रचनाहरूको समीक्षा कवि, कथाकार, समालोचक शान्ति शर्माले गर्नु भएको थियो भने डा नेत्र एटमको गजलमा संगीत, विश्व कृतिमानी संगीतकार सन्तोष श्रेष्ठ र गायन अमृत भण्डारीको रहेको र सो गजल विश्व कृतिमानी संगीतकार सन्तोष श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।

 

कार्यक्रममा देशका विभिन्न जिल्ला तथा अन्तर्राष्ट्रिय रूपमा समेत सहभागिता रहेको थियो । जुम मार्फत सञ्चालन गरिएको कार्यक्रममा बरिस्ठ साहित्यकारहरू डा. अमर गिरी, मनोहर लामिछाने, डा. कृष्णराज डि सी, पदमप्रसाद शर्मा, टिकाराम उदासी, नारायण नेपाल, केशव थापा, कमलमणि देवकोटा, डा पुर्ण भण्डारी पंकज, विन्दु शर्मा, खेमराज शर्मा, नगेन्द्र गुरु, केशवराज देवकोटा, डा प्रेम योगी, डा एकरत्न आचार्य, मणिराम शर्मा, सुन्दर गौतम, सरला जोसी, शारदा शर्मा, बिमला खनाल, सिर्जना शर्मा, मुकुन्दप्रसाद रन्जितकार, निशान्त आचार्य, मुकेश्वर शर्मा, ऋषि शर्मा सुदामा, यम रेग्मी, रजनी काफ्ले ढकाल, विष्णु गजुरेल, तेजबहादुर गुरुङ, आदित्य निरौला, रेखाकौसल रेग्मी, उषा आचार्य, शिबप्रसाद गौतम, खड्क विवश बिसी, लक्षमण समिर, बिमला डाँगी विकलता, प्रतीक संग्रामी, शुशिला आचार्य, नाजसिङ, दीपक मिश्र, रमन शर्मा, प्रभा बराल, सुबिन पन्त भाइवर, पार्वती कट्टेल, विक्रम वली, मनोज पीडित,सफलता श्रेष्ठ, प्रमिला, जीवनपानी, अनुभूति बुढा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि, संस्कृतिविद् तुलसी दिवसले ब्यानर उच्चारण गरि कार्यक्रमको शुभारम्भ भएको घोषणा गर्नु भएको थियो । उक्त एकल रचना वाचन एवं कविता विमर्श कार्यक्रममा परिषद् दाङ शाखाका सहसचिव प्रबल बिष्टले स्वागत मन्तव्य ब्यक्त गर्नुका साथै कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्