चीन-भारत सीमा क्षेत्रमा तनाव, चीनले भन्यो सीमा क्षेत्रको स्थिति सामान्य – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

चीन-भारत सीमा क्षेत्रमा तनाव, चीनले भन्यो सीमा क्षेत्रको स्थिति सामान्य

    मा प्रकाशित

कनिका डेस्क

जेठ २३, दाङ ।

पछिल्लो समयमा चीन–भारत बिच सीमा क्षेत्रमा तनाव बढिरहेका बेला चीनले सीमा क्षेत्रको स्थिति सामान्य रहेको वताएको छ ।

चिनियाँ र भारतीय सेनाका उच्च पदाधिकारीबीच सीमा विवादलाई लिएर यहि जुन ६ तारिखमा वार्ता हुने तय भइरहेको बेला बेइजिङले समग्रमा शान्ति र स्थिति नियन्त्रित रहेको भनेको हो ।

मन्त्रालयका प्रवक्ता कङ् श्वाङले बेइजिङमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र दुवै पक्ष घनिष्ठ सम्पर्कमा रहेर सम्बन्धित मुद्दालाई समाधान गर्न सक्रिय रहेको बताए । तर उनले वार्ताको ठोस स्वरूपबारे प्रष्ट खुलाएनन्।

यद्यपि भारतीय अधिकारीहरूले चिनियाँ सेनाले सीमा क्षेत्रमा बाक्लो उपस्थिति बढाएको दाबी गर्दै भारतले पनि उस्तै तयारी गरिरहेको बताउदै आइरहेका छन ।

चीन भारत सीमा क्षेत्रमा लामो समयदेखि लगातार वर्षेनी कुनै न कुनै घटना हुने गरेका छन्। सीमा क्षेत्रमा बारम्बार हुने रस्साकस्सी, धक्कामुक्का, हतियार खोसाखोसका घटना निरन्तर चलिरहेपनि दुवै मुलुक ठोस समाधानमा पुग्‍न सकेका छैनन्। भारतले चीनलाई गम्भीर हुन चेतावनी दिने गरेको छ तर चीन भने गम्भीर वार्ताको पहलका लागि प्रयत्नरत रहेको बताउदै आएको छ ।

छिमेकी मुलुकहरूसँग सीमा विवाद झेलिरहेको भारत यतिखेर नेपालले समेत भारतबाट अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरेसँगै थप रापिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्