कक्षा १२ को परीक्षा आगामी साउन तेस्रो साताबाट गर्ने तयारी – Kanika Khabar
Thursday, April 18Nepali News Portal

कक्षा १२ को परीक्षा आगामी साउन तेस्रो साताबाट गर्ने तयारी

    मा प्रकाशित

असार २१, दाङ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी साउन तेस्रो सातापछि लिने तयारी गरेको छ । वैशाखमा सम्पन्न हुनु पर्ने परीक्षा कोभिड–१९ महामारी दोस्रो लहर फैलिएपछि चार महिना पछाडि सरेको हो ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षा सञ्चालन सहमतिका निम्ति मन्त्रालयमा पठाइसकेको र सहमति आउन बाँकी रहेको बताउनुभयो । उहाँले साउनको तेस्रो सातापछि परीक्षा सञ्चालन गर्ने प्रस्ताव गरेको पनि बताउनुभयो ।

परीक्षाको स्वरुपबारे भने मन्त्रालयले निर्णय गरेपछि सार्वजनिक गरिने छ । गतवर्ष आन्तरिक मूल्यांकन र लिखित गरी दुई प्रक्रियाबाट कक्षा १२ को परीक्षा लिइएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्