गुरुकुलले गर्यो दुई शैक्षिक संस्थासँग साझेदारी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

गुरुकुलले गर्यो दुई शैक्षिक संस्थासँग साझेदारी

    मा प्रकाशित

असार २२, दाङ ।

दाङको गुरुकुल एकेडेमीले काठमाडौं स्थित दुई शिक्षण संस्थासँग शैक्षिक साझेदारी गरेको छ ।

काठमाडौं स्थित प्रोग्रेसिभ एजुकेशनल एकेडेमी र नेम इन्टिच्युट फर मेडिकल एजुकेशनसँग गुरुकुल एकेडेमीले शैक्षिक साझेदारी भएको छ । गुरुकुल एकेडेमीको तर्फबाट अध्यक्ष अनन्तराज घिमिरे र प्रोग्रेसिभ एजुकेशनल एकेडेमीका अध्यक्ष लक्ष्मण पोख्रेल र नेम इन्टिच्युट फर मेडिकल एजुकेशनका सिइओ रविन शर्माबीच सम्झौत पत्र बुझाएर शैक्षिक साझेदारी भएको हो ।

     

अब गुरुकुल एकेडेमीमा प्लस टु मा अध्ययनरत विद्यार्थीहरुले दुई शैक्षिक संस्थासँग सहकार्य गर्दै अध्ययन गर्न पाउने विद्यालयका अध्यक्ष अनन्तराज घिमिरले जानकारी दिनुभयो । उहाँका अनुसार प्लस टुका विद्यार्थीहरुले उच्च शिक्षाका लागि उक्त दुई शैक्षिक संस्थासँग मेडिकल र इन्जिनेरिङ शिक्षाका लागि पूर्व तयारी कक्षाहरु लिन सक्नेछन् । प्लस टुमा अध्यनरत विद्यार्थीहरुले उच्च शिक्षाका लागि आवश्यक इन्ट्रान्स कक्षाहरु लिने अवसर पाउने विद्यालयका अध्यक्ष घिमिरेले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्