आपतकाल घोषणा गरेर टोकियो ओलम्पिक गर्ने तयारी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आपतकाल घोषणा गरेर टोकियो ओलम्पिक गर्ने तयारी

    मा प्रकाशित

असार २५, दाङ ।
जापानको राजधानी टोकियोमा आपतकाल घोषणाको तयारी गरिएको छ ।ओलम्पिक हुनु भन्दा केही दिन अघि जापानले प्रतियोगिता हुने शहर टोकियोमा आपतकालिन घोषणाको तयारी गरेको हो ।

आपतकालिन घोषणाको तयारीसँगै ओलम्पिकको दौरान दर्शकलाई मैदान प्रवेश जाने अनुमती दिने सम्भावना कम छ । टोकियोमा पछिल्लो केही दिनयता लगातार बढेको कोरोना सङ्क्रमणका कारण आपतकालिन घोषणाको योजना बनेको हो ।आज बिहान विज्ञहरुसँगको छलफलपछि सरकारी अधिकारीले टोकियोमा आपतकालिन घोषणाको प्रस्ताव गरेका छन् ।

राजधानीमा हुने आपतकाल अर्को सोमबारदेखि अगष्ट २२ सम्म हुने प्रस्ताव छ ।कोरोना महामारीकाबीच ओलम्पिक प्रतियोगिता जुलाई २३ देखि अगष्ट ८ सम्म हुने तय भईसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्