एमालेको विवाद : के जुट्ला त सहमति ? – Kanika Khabar
Friday, April 19Nepali News Portal

एमालेको विवाद : के जुट्ला त सहमति ?

    मा प्रकाशित

कनिका डेस्क
असार २६, दाङ ।
एमालेभित्र सल्किएको विवादले भुसको आगोको रुप लिंदै जान थालेपछि पार्टीको भविष्यमाथि पनि थुप्रै अड्कल बाजी हुन थालेका छन् । कुनै परिस्थितिमा विवाद सडकमै छताछुल्ल भए पनि दोस्रो तहका नेताहरु भने सहमतिका लागि अहोरात्र खटिरहे, चिन्तन मनन गरिरहे ।
पार्टी विभाजन भइसकेको अवस्था, शीर्ष नेताहरुको एक दोस्रालाई कारवाही गर्ने प्रवृत्ति राजनीति विकृतिका रुपमा मात्र देखिएन पछिल्लो पुस्तालाई राजनीतिक बेइमानीको नजिर बन्दै जान थालेको छ । एउटै सिद्धान्तको भ¥याङ चढेर एमालेमा उक्लिएकाहरुले सिद्धान्तको आफू अनुकुल अपव्याख्या गर्न थालेपछि विवादले पार्टीलाई भलचिरामा पु¥याएको हो ।


विवादपछि देखिएको पार्टीको दुरावस्थाप्रति चिन्तित भएका दोस्रो तहका नेता भने पार्टीको विरासत जोगाउन अहोरात्र खटिरहेका छन् । जसको परिणामस्वरुप विवाद समाधानका लागि कार्यदल गठन भयो । कार्यदलले सहमतिको प्रयास गरिरहेको छ । सम्भववतः आज सहमति हुने कार्यदलले बताइरहेको छ ।

एमालेको अन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले आज सहमति जुटाउने नेताहरूले दावी गरेका हुन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्लो पटक भएको छलफलपछि कार्यदलको बैठक नियमित जस्तै बसिरहेको छ । हिजो बसेको कार्यदलको बैठकमा बिभिन्न ५ बुँदामा एकमुस्ट सहमतिको प्रस्ताव तयार पारिएको र त्यसबारेमा आज पनि छलफल गरिने वार्ता टोलीमा अध्यक्ष ओलीको तर्फबाट संयोजक बनेका नेता सुवासचन्द्र नेम्वाङले बताए । उनका अनुसार आज सहमति गर्नेगरी हिजो कार्यदलको बैठकबाट नेताहरू उठेका छन् ।


पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालका पक्षका नेताहरुलाई समेटिएर बनाइएको कार्यदलले सहमति गराउन सक्ला त भन्ने आशङ्का पनि त्यतिकै बाक्लो रुपमा देखिएको छ । अब कार्यदलले पार्टीको हित र भविष्यलाई स्वार्थमा राखेर काम गर्न सकेको खण्डमा सहमति असम्भव कुरा पनि होइन । दुई पक्षका नेताहरुले आआफ्नो पक्षको नेतृत्वको अडानलाई नै पूरा गराउने अभीष्ट राख्ने हो भने सहमति सम्भव रहने छैन । नेतृत्वको स्वार्थलाई त्यागेर भोलिका लागि पार्टी भन्ने सोंचका साथ कार्यदलका नेताहरु हिँड्न सकेको खण्डमा मात्र सहमतिको सम्भावना रहनेछ । कार्यदलले कस्तो विवेकको प्रयोग गर्ने हो त्यो भने हेर्न बाँकी नै छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्