भारत र श्रीलंकाबीचको एकदिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिज १७ जुलाईमा हुने – Kanika Khabar
Friday, April 19Nepali News Portal

भारत र श्रीलंकाबीचको एकदिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिज १७ जुलाईमा हुने

    मा प्रकाशित

भारत र श्रीलंकाबीचको एकदिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिज सरेको छ । घरेलु टोली श्रीलंकाका ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावर र डाटा एनालिस्ट जिटी निरोशनलाई कोरोना भाईरसको सङ्क्रमण देखिएपछि सिरिज सरेको हो ।

इंग्ल्यान्ड भ्रमणबाट फर्किएपछि गरिएको परिक्षणमा फ्लावर र निरोशनलाई कोरोना पोजेटिभ देखिएको थियो । भारत र श्रीलंकाबीचको तीन खेलको एकदिवसीय सिरिज मंगलबारबाट सुरु हुने तालिका रहेको थियो । तर, अब एकदिवसीय सिरिज जुलाई १७ बाट सुरु हुनेछ । यस्तै तीन खेलको टी–ट्वान्टी सिरिज जुलाई २४ मा सुरु हुनेछ । यसअघि जुलाई २१ बाट सुरु हुने तालिका रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्