नायक आयानले सगुनसंग बाँधे जोडी – Kanika Khabar
Thursday, April 18Nepali News Portal

नायक आयानले सगुनसंग बाँधे जोडी

    मा प्रकाशित

May be an image of 2 people, people standing and outdoors

दाङ, २८ असार ।

नायक एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी आयान बज्राचार्य चितवनकी सगुन गिरीसंग असार २३ गते विवाह बन्धनमा बाँधिएका छन् ।

दाङ निवासी नायक बज्राचार्य स्व. सानुकाजी बज्राचार्य र स्व. दिलमाया बज्राचार्यका माइला सुपुत्र हुन् भने चितवन निवासी सगुन गोपाल गिरी र यामकुमारी गिरीकी जेष्ठ सुपुत्री हुन् । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

नायक आयनले इतिहास, कालापानी, एकता, यस्तो पनि हुन्छ र माया ? परीक्षा लगायत एक दर्जन चलचित्र र करीब आधा दर्जन म्यूजिक भिडियोमा अभिनय गरेका छन् । तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका नायक आयानले राष्ट्रिय स्वर्णपदक जितेका छन् ।

जेसिस उत्कृष्ट युवा अवार्ड लगायत थुप्रै पुरस्कार र सम्मान प्राप्त गरेका नायक आयन एउटा नयाँ प्रोजेक्टको तयारीमा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्