सर्वोच्चले प्रतिनिधिसभा पुर्नस्थापना गरेकोमा विपक्षि दलका नेताहरुद्वारा स्वागत – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सर्वोच्चले प्रतिनिधिसभा पुर्नस्थापना गरेकोमा विपक्षि दलका नेताहरुद्वारा स्वागत

    मा प्रकाशित

असार २८, काठमाडौँ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापित गरेपछि विभिन्न दलका नेताहरुले स्वागत गरेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताउनुभएको छ । उहाँले अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको भन्दै निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको उल्लेख गर्नुभयो ।


यस्तै सभापति देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनस्र्थापना भएको विषयलाई जित र हारका रूपमा नलिन पनि आग्रह गर्नुभएको छ । आज अपरान्ह विज्ञप्ति उहाँले निकालेर देश र जनताको हितमा संयम र एकताका साथ समर्पित भएर कार्य गर्न फैसलाले अझै जिम्मेवार बनाएको उल्लेख गर्नुभएको छ ।
यस्तै,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताउनुभएको छ । सर्वोच्च अदालतको फैसला पश्चात प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जितको संज्ञा दिनुभयो । उहाँले अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको बताउनुभयो । उहाँले संविधानको रक्षा र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र राष्ट्रिय हितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको बताउनुभयो ।


त्यसैगरी, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको बताउनुभएको छ । उहाँले सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको छैन, संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको प्रतिक्रिया दिनुभयो ।यस्तै,पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएकोछ । सर्वोच्चको फैसला आए लगत्तै पूर्व भट्टराईले सर्वोच्चलाई धन्यवाद दिँदै राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभएको हो । फैसलासँगै राष्ट्रपति र प्रधानमन्त्रीले आफ्नो नैतिकता गुमाइसकेका छन, यदि उहाँहरूसँग अलिकति पनि नैतिकता बाँकी छ भने तत्कालै राजीनामा दिनुपर्छ भट्टराईले भन्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्