महिला सशक्तीकरण : प्रभावकारितामा शिथिलता – Kanika Khabar
Friday, March 29Nepali News Portal

महिला सशक्तीकरण : प्रभावकारितामा शिथिलता

    मा प्रकाशित


महिलाविरुद्धका सबै प्रकारका विभेद र हिंसाको अन्त्य गरी महिलाहरुको हक र अधिकारको सुरक्षा र प्रवद्र्धनका लागि राज्यले अधिकारमा आधारित विकासको अवधारणाको अवलम्बन गरी नीतिगत, कानुनी र संस्थागत सुधारका साथै विकासका कार्यक्रमहरु सञ्चालन गरी विभेदकारी कानुनहरु हटाई, हरेक क्षेत्रमा महिलाहरुको सहभागिता गराई, महिलाहरुको आत्मबल र क्षमताको वृद्धि गर्नु नै महिला सशक्तीकरण हो । यद्यपि महिला सशक्तीकरणको लागि राज्यले पनि विभिन्न प्रयासहरू गर्दै आइरहेको छ तर अझैं पनि राज्यका प्रयास त्यति पर्याप्त हुन सकेका छैनन् । कतिपय प्रयासले ठोस रुप लिनुको साटो तरलबाट तरलतातर्फ नै जानु दुःखद कुरा भएको छ ।

आज भन्दा करिब १ सय वर्ष १३ अगाडि अर्थात् सन् १९०९ देखि अन्र्तािष्ट्रय नारी दिवस मनाउन थालिएको हो । त्यतिबेला महिलाहरुले कामको उचित मूल्य, समय सामाजिक सुरक्षा र मत खसाल्न पाउन समान अधिकारको माग गर्दै महिलाहरुले गरेको सडकमा हड्ताल र विशाल जुलुसको प्रदर्शनको फल स्वरूप मनाइने महिला तथा नारी दिवस आएको चर्चाको विषय बनेको छ । आज विश्वभर अन्तराष्ट्रिय नारी दिवस मनईंदै आइएको छ । यो हरेक वर्ष मार्च ८ मा विश्वभर मनाइन्छ । राजनीति तबरबाट सुरु भएको भए तापनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता आदि प्रश्नहरु अन्तर्राष्ट्रिय नारी दिवसका विषयहरू हुने गरेका छन् । श्रमिक नारी दिवसको नामले पनि यो दिवस परिचित छ । महिलाहरुले आफ्नो हक, अधिकार र मुक्तिको लागि गरेको संघर्षको सम्झना गर्ने दिन हो नारी दिवस । हरेक वर्ष अन्तराष्ट्रिय नारी दिवस मनाए तापनि अहिले २१ औं शताब्दीमा आइसक्दा पनि आजको समयमा नारी सशक्तीकरणको आवश्यकता महसुस भएको देखिन्छ । आज भन्दा करिब १० वर्ष अगाडि महिलाको अवस्था जस्तो थियो अहिले पनि त्यस्तै छ भन्दा केही फरक पर्दैन । महिला शोषण र अत्याचारको स्वरूपमा मात्र परिवर्तन आएको हो, स्थितिमा भने कुनै सुधार आएको देखिदैन ।

आजको आधुनिक समयमा महिला सशक्तिकरण एक विशेष चर्चाको विषय बनेको छ। महिलाको अधिकार र महत्त्वको विषयमा समाजमा जागरूकता ल्याउनको लागि अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम सरकारले ल्याएको छ ।

समाजको विकासको निम्ति २ महतिपूर्ण अङ्ग महिला र पुरुष हुन् । यी दुवै अङ्गको समान विकासविना राष्ट्रको विकास सम्भव हुँदैन । महिला पुरुषको मानव समाजको उन्नति र प्रगतिको लागि मात्र नभएर शान्ति र समुन्नतिका लागि समेत समानता खाँचो छ । तर नेपाली महिला आज पनि विभिन्न समस्या, उत्पीडन र अनेक विभेदसँग संघर्ष गर्दै अगाडि बढ्दै छन । नेपालको सन्दर्भमा महिला र पुरुष समान हुन भन्ने सोचाइमा मात्र सीमित छ । हाम्रो समाज परम्परा देखिनै पुरुष प्रधान रहँदै आएको छ र यसले महिला अगाडि बढेको स्वीकार गर्न पनि सक्दैन । यहाँको सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, प्रशासनिक लगायतका सबै क्षेत्रमा पुरुषको तुलनामा महिलाको पहुँच निकै न्यून छ ।

हरेक क्षेत्रमा महिलाहरुलाई हेर्ने दृष्टिकोण फरक छ । आफ्नो घर परिवारमा नै छोरा र छोरी लाई फरक नजरले हेर्ने गरिन्छ । जस्तै भ्रुण हत्या । यदि गर्भमा रहेको बच्चा छोरी छ भने त्यसलाई त्यति नै समाप्त गरिन्छ । दुव्र्यवहार, असमानता, यौन हिंसाका सिकार पनि धेरै महिलाहरु बन्नु परेको देखिन्छ । पुरुषबाट भएको गल्ती लुकाउन महिलाहरुले उठाएको चर्को आवाजलाई दबाउन सक्दो प्रयास गर्ने गरिन्छ । जसको फल स्वरूप महिलाहरु घरेलुदेखि लिएर सामाजिक हिंसाको सिकार बन्न पुगिरहेका छन् । पुरानो तथा रुढीवादी सोचलाई मान्यता दिँदै प्राकृतिक देन महिलामा हुने महिनावारीको समयमा उनीहरूलाई लाई निकै नैं दुव्र्यवहार गरिन्छ । उनीहरूलाई पशु बस्ने गोठमा बस्न बाध्य बनाई पशु सरह व्यवहार गरिन्छ । आजको समयमा पनि अधिकांश महिलाहरु आफ्नो घरदेखि लिएर समाजको नराम्रो व्यवहारबाट पीडित छन् । महिलाहरु आफनो घरमा पानी आफनै दाजु भाई र बुवासँग समेत सुरक्षित छैनन् ।उनीहरू कहिले महिनावारीको नाममा, कहिले दाइजो प्रथाको नाममा र कहिले यौन दुव्र्यवहारको नाममा पीडित छन्।

स्त्रीलाई मानव जातिको अस्त्वि मानिन्छ । आजको समयमा पनि अधिकांश महिला नेपाली समाजको पुरानो तथा रुढीवादी सोच र परम्परा भएका कारण पुरुष सरह हर बखत घरबाट बाहिर स्वतन्त्र रूपले काममा निस्कन सक्दैनन् । अवसर पाए तापनि कतिपय महिलाहरु पुरुषवादी चिन्तनमा रुमलिएको र व्यक्तिगत अवसरको रूपमा मात्र प्रयोग भएको पाइन्छ । कतिपय अवस्थामा महिलाहरु घरको ४ ढोका भित्र सीमित रहेर बस्न बाध्य भएका हुन्छन् । घर बाहिर महिला अधिकारको बारेमा बोल्ने पुरुषप्रधान समाजका पुरुषहरु आफ्नै घरमा महिलालाई बन्धक बनाएर राखेका हुन्छन् ।
अब पनि महिलाले आत्मबोध गरेर अगाडि नबढ्ने हो भने आरक्षण र संरक्षणका आधारमा अस्तित्व नै रहिरहन्छ भन्न सकिँदैन । कानुनी रुपमा महिलाहरुको उपस्थितिलाई मान्यता प्रदान गरिए पनि पारिवारिक र सामाजिक रूपमा उनीहरूको अधिकार, व्यावहार र भूमिकामा नियन्त्रण लगाइएको हुन्छ । हरेक क्षेत्रमा महिला भेदभाव छ । उच्च शिक्षादेखि लिएर सार्वजनिक काम तथा रोजगारीमा पुरुष सरह महिलाको समान रूपमा सहभागिता हुन सकेको छैन । जसकारणले गर्दा महिलाहरु पुरुषको तुलनामा धेरै नै पछाडि परेका छन् । अझ बढी हेर्नु पर्दा ग्रामीण क्षेत्रमा महिलाहरुलाई धेरै कमजोर पात्रको रूपमा हेर्ने गरिन्छ । उनीहरूलाई चुलो चौको र घर व्यवहार हेर्नमा मात्र सीमित राखिन्छ । अशिक्षा, भेदभाव र अवसरबाट वञ्चित ग्रामीण क्षेत्रका महिलाहरु धेरै नै पिछडिएको अवस्था छ । सरकारले धेरै सीप मुलक तालिमहरु ल्याए तापनि यो धेरै जसो सहरी क्षेत्रमा मात्र सीमित हुँदा ग्रामीण क्षेत्रमा महिलाहरु अगाडि बढ्न सकिरहेका छैनन्।

एक महिला शिक्षित भए सबै परिवार नै शिक्षित हुन्छन् भन्ने एक भनाइ छ । तसर्थ महिला र पुरुषबीचको भिन्नता अब अन्त्य हुन जरुरी छ । परिवार बने घर बन्छ, घर बने समाज ,र समाज बने देश भने जस्तै महिलाहरुलाई सबै भन्दा पहिले परिवारको साथ, सहयोग र हिम्मत चाहिन्छ । महिलाहरुलाई घर परिवारको साथ र हिम्मत भएमा जुनसुकै क्षेत्रमा आफूलाई स्थापित गर्न सक्छिन्। अवसर पाए महिलाहरुले आफ्नो योग्यतालाई हरेक क्षेत्रमा साबित गरिरहेका हुन्छन् ।

महिलाको अधिकारलाई सुनिश्चित गर्न संविधानलाई व्यवहारमा उतार्न अपरिहार्य छ । महिला सशक्त बनाउन राज्य तथा सम्बन्धित निकायहरुले उनीहरूको अधिकारलाई सुनिश्चित बनाउनु पर्छ । राज्यले जुनसुकै क्षेत्रमा पनि ३३ प्रतिशत महिला सहभागिता हुनु पनि नीति बनाइसकेको छ तर यसलाई परिवर्तन गरी ५०५ बनाउन सकेमा मात्र महिला दिवसको सार्थकता हुनेछ । पछिल्लो समयमा महिलाले सार्वजनिक क्षेत्रमा पनि प्रवेश पाउनुपर्ने, रोजगारीको अधिकार सुनिश्चित हुनुपर्ने, समान प्रतिनिधित्व हुनुपर्ने जस्ता कुरामा बहस चलन थाल्यो, महिला अधिकार ज्वलन्त बहसको विषय बन्यो र अधिकार स्थापित हुँदै गयो । महिलालाई हरेक ठाउँमा स्थापित गराउन सकिए मात्र महिलाहरुले सही अर्थमा फड्को मार्न सक्छन् र महिला दिवसको सार्थकता हुन्छ । महिला सशक्तीकरणले तब मात्र अर्थ पाउँछ जब देशमा महिलाहरुलाई राम्रो शिक्षाको व्यवस्था हुन्छ हरेक क्षेत्रमा उनलाई स्वतन्त्र भई निर्णय लिन दिइन्छ ।
महिला सशक्तीकरण भनेको महिलाहरुलाई सशक्त बनाउने मात्र होइन, महिलासँग परिवार र समाजले कसरी र कस्तो व्यवहार गर्ने भन्ने पक्ष पनि उतिकै महत्वपूर्ण हुन आउँछ । यसले पुरुषको व्यवहार र आचरणमा परिवर्तनको माग गर्दछ । त्यसकारण महिला सशक्तीकरण र समाज रूपान्तरणको लागि पुरुषमा परिवर्तन ल्याउन जरुरी छ । लैंगिक भूमिका र शक्ति सम्बन्धमा परिवर्तन ल्याउन पुरुषहरु परिवर्तन हुनै पर्छ । समृद्धि र सिर्जनशील समाजको स्थापनाका लागि महिलाहरु आफ्ना हक र अधिकारप्रति जागरुक हुनु पर्ने छ भने अर्कोतर्फ महिला महिला बीचको विभेद अन्त्य हुनु पनि आवश्यक छ । आज र आजभन्दा भोलि निश्चय परिवर्तित हुँदै छौं त्यसकारण महिलाका प्रगतिका पहिलामा पुरुषले अर्घ थप्दै बल्लतल्ल बलेको आशाको दियो निभ्न दिनु हुँदैन । महिला सशक्तीकरणका लागि चालिएका कदम प्रभावकारी रुपमा अगाडि बढ्न जरुरी छ । यस्ता कदमले सीमित क्षेत्र, वर्ग, र समूहलाई मात्र होइन सिङ्गो महिला समुदायलाई सम्बोधन गर्ने गर्न सक्नुपर्छ । सिङ्गो महिला समुदायलाई सम्बोधन गर्न सकेको खढडमा मात्र महिला सशक्तीकरणका लागि चालिएका कदम सार्थक र रुपान्तरणमुखी हुन सक्नेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्