ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट – Kanika Khabar
Thursday, April 25Nepali News Portal

ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट

    मा प्रकाशित

काठमाडौँ, साउन  ४   ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जामन्त्रीको सचिवालयमा भएको भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र विकासका विविध विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ ।

सो अवसरमा ऊर्जामन्त्री भुसालले परापूर्वकालदेखि दुई देशबीचका जनताबीच रहीआएको आपसी सम्बन्धलाई अझ सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको विकासमा भारत सरकारले पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा निरन्तर सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री भुसालले नेपाललाई विद्युत् आवश्यक परेका समयमा आयात गर्न सक्ने र बढी भएका समयमा निर्यात गर्न सक्ने अवस्था शुरु भएको भन्दै आगामी दिनमा ऊर्जा र सिंचाइका क्षेत्रमा सहज सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भारतसँग सामाजिक र संस्कृतिक क्षेत्रमा सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा ती क्षेत्रमा पनि सहकार्य हुने बताउनुभयो । सो अवसरमा राजदूत क्वात्रले मन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा सबै क्षेत्रमा सहकार्य हुने बताउनुभयो । उहाँले ऊर्जा विकासका क्षेत्रमा आफूहरु हमेशा सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गर्नुभयो । उहाँले ऊर्जा र सिँचाइमात्र नभई शिक्षा, स्वास्थ्यका क्षेत्रमा निरन्तर सहकार्य गर्ने बताउनुभयो ।    रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्