बकर इदका अवसरमा नगर प्रमुख पाण्डेद्धारा शुभकामना – Kanika Khabar
Thursday, April 18Nepali News Portal

बकर इदका अवसरमा नगर प्रमुख पाण्डेद्धारा शुभकामना

    मा प्रकाशित

दाङ, ६ साउन । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)को अवसरमा सम्पूर्ण मुसलमान समुदायमा शुभकामना दिनुभएको छ ।

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) को अवसरमा नगर प्रमुख पाण्डेद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ “विभिन्न जातजाति, धर्म, संस्कृतिले नै नेपालीलाई एकताको सुत्रमा गाँसेको छ । सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावारणलाई अझ मजबुत बनाउन सहयोग गरोस् ।बकर इदको पानवन अससरमा समस्त दिदिबहिनी दाजुभाइहरुमा हार्दिक मुबारक तथा शुभकामना व्यक्त गर्दछु ।”

कोभिड महामारी अझै कायम रहेकाले यसबाट बच्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई सजगता र सुरिक्षतका साथ मनाउन नगर प्रमुख पाण्डेले सबैमा अनुरोध गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्