बकर इदको अवसरमा दाङ काङ्ग्रेसको शुभकामना – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बकर इदको अवसरमा दाङ काङ्ग्रेसको शुभकामना

    मा प्रकाशित

दाङ, ६ साउन ।

नेपाली काङ्ग्रेस दाङले मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) को अवसरमा सम्पूर्ण मुसलमान समुदायमा शुभकामना दिएको छ । ।

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) को अवसरमा काङ्ग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का र सचिव शंकर डाँगीद्वारा एक विज्ञप्ति जारी गरी शुभकामना प्रदान गरिएको हो ।

जारी विज्ञप्तिमा भनिएको छ ‘मुस्लिम समुदायको महान् पर्व इद उल अज्हाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुसलमानमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुका लागि शुभकामना व्यक्त गर्दै आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवद्र्धनका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’

कोभिड महामारी अझै कायम रहेकाले यसबाट बच्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई सजगता र सुरिक्षतका साथ मनाउन दाङ काङ्ग्रेसले सबैमा अनुरोध गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्