रमण कुमार शर्मा
आज विश्वेश्वर काेईरालाकाे ३९ अाैं स्मृति दिवशका सन्दर्भमा साहित्यकाे विद्यार्थीका नाताले २/४ हरफ लेख्न मन लाग्याे र याे अभिव्यक्ति प्रस्तुत गरें।
विश्वेश्वर प्रसाद काेईरालाकाे राजनीतिक क्षेत्रकाे नाम वि पि काेईराला हाे।उनी साहित्यका क्षेत्रमा पुरानाम विश्वेश्वर प्रसाद काेईरालाका नामले चिनिन्छन् भने राजनीतिमा वि पि। वि सं १९७१ मा भारतकाे बनारसमा जन्मेर वि सं २०३९मा मृत्यु वरण गरेका काेईराला मेरा नजरमा र मान्यतामा राजनीतिक व्यक्तित्व भन्दा साहित्यिक व्यक्तित्व महत्वपूर्ण हुन्। नेपाली साहित्यमा उनी प्रगतिवादी साहित्येतर खेमाका पुँजिवादी जीवनशैलीका मनाेवैज्ञानिक आख्यानकार हुन्। मनाेविज्ञान नै नेपाली सहित्यकाे क्षेत्रमा काेईरालाकाे मूल याेगदान हाे। दाेषी चश्मा कथा संग्रहबाट साहित्यमा प्रसंसित काेईरालाकाे पहिलाे कथा चन्द्रवदन हाे।उपन्यासमा- सुम्निमा,नेन्द्रदाई, तीनघुम्ती,माेदी आईन,हिटलर र युहुदी,बाबू अामा र छाेरा ६वटा उपन्यास हुन्।
काेईरालाका कथा एवं उपन्यासहरु व्यक्तिका अन्तरनीहित मनाेवृत्तिलाई उजागर गर्न खप्पिस छन्। मान्छेका अन्तरमन भित्रका कुण्ठा निराशालाई दमन गर्दा उत्पन्न हुने मनाेदशाकाे प्रकटीकरण नै उनकाे साहित्यिक प्राङ्गण हाे।मनाेविज्ञान पनि विशेषत: याैन मनाेविज्ञान नै उनकाे रुचिक्षेत्र हाे। याैन मनाेविज्ञानले उनकाे साहित्यिक प्राङ्गणकाे श्लीलताकाे परिधि भत्काउन भत्काउन खाेज्छन्। यही नै उनकाे पुँजीवादी जीवनशैलीकाे अभिलक्षण हाे। हाम्रा सामु निम्न वर्गीय जीवन यापन गर्ने समाज पनि छ र मान्यजन नाता कुटुम्ब पनि छ फलतः श्लीलताकाे परिधि भत्काउन नसकेकाे हुन सक्छ तर पुजीवादी जीवन शैलीका चरित्रकाे मनाेवृत्तिलाई उजागर गरे पनि अधिकतर पात्रहरु निम्न वर्गीय नै छन्।
यसरी काेईराला नेपाली साहित्यमा एक मनाेविश्लेषणवादी साहित्यकार हुन्।उनकाे साहित्यिक काैशलता भने निकै कलापूर्ण छ र पाठककाे ध्यान आकर्षित गर्न यिनका कृति सक्षम छन् ।
राजनीतिक क्षेत्रमा यिनी एक प्रजातान्त्रिक अान्दाेलनका याेद्धा हुन।महत्वका दृष्टिले यिनकाे जीवन काल र नेत्रित्व कालमा यिनकाे चिन्तनले जे जति वैचारिक संप्रेषण र महत्ता आर्जन गर्न सक्याे त्यति बर्तमान राजनीतिमा देखिदैन ।कारण आज नेपाली राजनीतिक धरातलमा विश्वबाेध र विश्वदृष्टिका साथै नेपाली सामाजिक बस्तुबाेध पनि हुदैछ र वि पि काे चिन्तन आज भजाईखाने भाँडाे मात्र बन्न पनि पुगेकाे पाईन्छ ।